FLASH NEWS

थाक्रेमा आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २२, मंगलबार (३ महिना अघि)
  • २४४

    Shares

थाक्रेमा आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

२२ साउन , थाक्रे :    धादिङको थाक्रे गाउपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासासकिय अधिकृत भीष्म कुमार मल्ल , वडाका वडा अध्यक्षहरु गाउँ कार्यपालिकाका सदस्य, विषयगत शाखाका शाखा प्रमुख, वडा सचिव लगायतका कर्मचारीहरूको सहभागीता रहेको थियो।

कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न शाखाहरूबाट संचालन भएका कार्यक्रमहरूको विवरण र वितिय प्रगति शाखामा कार्यरत शाखा प्रमुख हरूले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा चालू आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र प्रमुख प्रशासासकिय अधिकृत भीष्म कुमार मल्ल बिच कार्य सम्झौता पत्रमा हस्ताक्षर गरि कार्य सम्झौता गरिएको थियो।
त्यसै गरि प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल र बिषयगत शाखाका शाखा प्रमुखहरू विच पनि चालू आर्थिक वर्ष २०८१/०८२ का लागि कार्य सम्झौता पत्रमा हस्ताक्षर गरि कार्य सम्झौता गरिएको थियो।

कार्यक्रममा बोल्नु हुँदै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले पालिकामा काम गर्दा भोलिको भाका नराखी काम गर्ने गरि कार्यक्रम सन्चालन गर्ने र ठेक्का सम्झौता चाडो हुने तर काम सुरु गर्दा ढिला हुने कुरालाई अन्त्य गर्ने गरि काम गर्ने बताउनु भयो।
साथै उहाले ठेक्का लागेका ठेक्दार हरुले भनेको समयमा काम नगरिदिदा समस्या आउने गरेको बताउदै अब तेस्तो काम्लाइ नगर्न ठेकदार लाई आग्रह गर्ने बताउनु भयो ।
तेस्तै उहाले पालिकाले राम्रो काम गर्दा गर्दै पनि बुज्दै नबुजी विभिन्न विषयलाई लिएर विभिन्न सामाजिक संजालमा विभिन्न बिकृती फैलाउने कुरा हरु आउने गरेको बताउनु भयो।

कार्यक्रमको अध्यक्ष तथा पालिकाका प्रमुख रामकुमार आचार्यले बोल्नु हुँदै पालिका भित्रको सबै शाखाहरुले राम्रो काम गर्दै आएको र भोलिका दिनहरुमा अझ उत्कृष्ट बनाउने गरि काम गर्ने बताउनु भयो ।

पालिकामा रहनु भएका सम्पुर्ण कर्मचारीहरु पालिकाको परिवार भएकोले अझ महत्त्वपूर्ण काम गर्नु पर्ने र आफुले गरेका काम चुस्त दुरुस्त राख्न र थाक्रेका आम नागरिकहरुलाई सहज तरिकाले सेवा दिन कुनैपनी कन्जुस्याइँ नगर्न कर्मचारी हरुलाइ आग्रह गर्नु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस