३१०
Shares२१ साउन ,धादिङ : राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठक सम्पन्न भएको छ।
आइतबार जिल्ला अध्यक्ष सुनिल तामाङ को अध्यक्षता र संगठनका केन्द्रिय सचीव महेश चौलागाईं को प्रमुख आथित्यता तथा एमाले
धादिङका जिल्ला कमिटी सचिव राधिका सापकोटाको विशेष आतिथ्यता र अन्य नेताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो। उक्त सम्पन्न बैठकले नवौं जिल्ला अधिबेशन भाद्र २५ गते गर्ने निर्णय गरिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङका अध्यक्ष सुनिल तामाङले टोलटोलको खबर लाइ जानकारी दिनु भयो।
भदौ २५ गते हुने अधिबेशन मा २सय २० जना प्रतिनिधि हुने र प्रत्येक वडा बाट १ जना गरि १०४ जना,पालिका बाट ५ जना ५ पुरुष र तीन महिला सहित ८८ जना दुईवटा नगर पालिका बाट १०/ १० जना तेस्तै दुईवटा संघीय निर्वाचन क्षेत्र बाट ४/४ जना गरि जम्मा ८ प्रतिनिधि छनोट गरि जम्मा २२० जना प्रतिनिधि हुने निर्णय गरिएको छ।
२. भदौ २५ गते हुने जिल्ला अधिबेशनमा तपसिलका संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरिएको पनि अध्यक्ष तामाङले बताउनु भयो। जसमा
१. मुल ब्यबस्थापन समिति संयोजक सुनिल तामाङ
सदस्य किरण पाठक
सदस्य हरिसरण जम्कटेल
सदस्य युबराज खतिवडा
२.प्रतिनिधि ब्यबस्थापन समिति संयोजक हरिसरण जम्कटेल
३. आर्थिक ब्यबस्थापन समिती संयोजक सुनिल तामाङ
सदस्य किरण पाठक
सदस्य हरिसरण जम्कटेल
सदस्य युबराज खतिवडा
सदस्य अजय गुरुङ
सदस्य बिमला गिरि
सदस्य सुजन रेग्मी
सदस्य सुमन अधिकारी
सदस्य सुजन उप्रेती
४. समहारोह ब्यबस्थापन समिति संयोजक किरण पाठक
सदस्य रोशन लामा
सदस्य निसान बिसुराल
सदस्य गुनु लामा
५.अतिथी सत्कार संयोजक बिमला गिरि, सदस्य गंगा सुबेदि
६. प्रचार प्रसार जनपरिचालन समिति संयोजक सुजन उप्रेती
सदस्य योगेश उप्रेती
सदस्य नवीन थपलिया
सदस्य बसन्त लामा
सदस्य शिव थापा
सदस्य मुस्कान तामाङ
लगायतको रहने युवा संघ नेपाल जिल्ला कमिटी धादिङले जनाएको छ।