११४
Shares९ साउन,धादिङ: एमाले धादिङका नेता रामराजा पाण्डेको निधन भएको छ । उहाको बुधबार विहान मृत्यु भएको हो । २०२३ माघ १४ गते जन्मनु भएका पाण्डे मृगौला रोग लागेपछि २ बर्षदेखि उपचार गराई रहनु भएको थियो । उहाको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । नेता पाण्डेको शवमा छोरीहरुले दागवती दिनु भएको हो ।
पाण्डे २०७९ को स्थानीय चुनावमा धुनिवेशी नगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार दिनु भएको थियो । उहा लामो समयदेखी एमालेको राजनीतिमा सक्रिय रहनु भएको थियो। एमालेको आठौं महाधिवेशनबाट उहा जिल्ला कमिटी सदस्य बन्नु भएको थियो । पाण्डेका छोरीहरु सपना ,अनुजा, प्रतिभा र श्रीमती गिता पाण्डे रहनु भएको छ।
उहालाई श्रद्धाञ्जली दिनको लागी पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ,पुर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पुर्व सांसदहरु भुमि त्रिपाठी,खेम लोहनी,राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष पुष्पराज कंडेल,धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती लगायत धादिङका विभिन्न नेता,पत्रकार समाजसेवी लगायत कार्यकर्ताहरु सहभागी भएका थिए।