८८
Shares६ साउन ,२०८१ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उहाले राजीनामा दिनु भएको हो। यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनु भएको थियो। माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले उहालाई राजीनामा सुझाव दीएका थिए।
प्रदेश सभाबाट आफूले गरेका कामको रेकर्ड गराउन बैठक राख्न आग्रह गरेको र विश्वासको मत लिने प्रस्ताव दर्ता गरेको बताउँदै नयाँ सरकार बनाउन दुई दलको स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनु भयो । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाले बताउनु भयो।
२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा पर्नु भएको थियो । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गर्नु भएका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिनु भएको हो।