FLASH NEWS

अभियानकर्मी गोकर्ण रुपाखेतीद्धारा कृषिमन्त्रीलाई कृषिका तत्कालिन र दिर्घकालिन मागपत्र पेश यस्तोछ मागपत्र

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ६, आईतबार (४ महिना अघि)
  • १४३

    Shares

अभियानकर्मी गोकर्ण रुपाखेतीद्धारा कृषिमन्त्रीलाई कृषिका तत्कालिन र दिर्घकालिन मागपत्र पेश यस्तोछ मागपत्र

६ साउन,थाक्रे :    कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई सामाजिक अभियानकर्मी गोकर्ण रुपाखेतीले कृषिका समसामयिक विषयमा तत्कालिन र दिर्घकालिन मागपत्र पेश गर्नुभएको छ ।

शनिबार थाक्रे गाउँपालिकाले महादेवबेसीमा आयोजना गरेको नवनियुक्त मन्त्री अधिकारीलाई स्वागत तथा बधाइ कार्यक्रममा फियान नेपालका अध्यक्ष, मानवअधिकारकर्मी तथा खाद्यअधिकार अभियानका अगुवा रुपाखेतीले मन्त्री अधिकारीलाई मागपत्र पेश गर्नुभएको हो ।

मन्त्री अधिकारीलाई तत्काल गर्नु पर्ने काम र संघ, प्रदेश र स्थानीय सरकारसंग मिलेर गर्नुपर्ने माग पेश गर्नुभएको छ।

विषादी नियन्त्रण गर्न र व्यवस्थापन गर्न, प्रांगारिक मल उद्योग संचालन गर्न, अन्य देशबाट आउने तरकारी, विउविजनको गुणस्तर परिक्षण गर्न, प्रत्येक जिल्लाका बिद्यार्थीलाई कक्षा ९ देखी १२ सम्मका प्रयोगात्मक शिक्षा साथै पालिका स्तरमा एक कृषि वालि विज्ञान र पशु स्वास्थ्य शिक्षा साथै जडीबुटी बिषयमा पाठ्क्रममा समाबेश गरी सिक्दै कमाउदै कार्यक्रम लागु गर्न, तत्काल दुधको रकम किसानलाई उपलब्ध गराउन, खाद्य सुरक्षा, अधिकार र सम्प्रभुता अधिकार नियमावली बनाउन राष्ट्रिय रुपमा तत्काल चाल्नुपर्ने कदम माग पत्रमा १९ बुँदामा उल्लेख गरिएको छ ।

यसैगरि धादिङ जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा संघिय मन्त्रालयको तर्फवाट प्रदेश र स्थानिय तहको सहकार्यमा गर्न सकिने ११ बुँदे कार्यक्रम तथा योजनाहरु समेत माग गरिएको छ ।

माग पत्रमा जिल्लामा एक जेटी तह सम्मको बिद्यालय , जिल्लामा २ वटा बिएससी कलेज स्थापना गरी बिद्यार्थीलाई पढ्न उत्प्रेरणा प्रदान गर्ने, जिल्लालाई कृषि तथा पशु स्वास्थ्य अध्ययन केन्द्र हवको रुपमा बिकास गर्ने, ठूला टारहरुमा सिंचाइ व्यवस्था, माछामासु तरकारी फलफुल प्रवर्घन गर्नुपर्ने लगाएत माग गरिएको छ ।

कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा लगायतका कार्यपालिका सदस्यहरु सहभागी हुनुभएको थियो ।

यस्तो छ,मागपत्र

माननिय कृषिमन्त्री रामनाथ अधिकारी ज्यू
नेपाल सरकार, सिंहदरवार काठमाण्डौ

बिषय : कृषिको बिकासका लागि तत्काल र दिर्घकालिन अवस्थामा चाल्नु पर्ने कदमकाृ बिषयमा ध्यानाकर्षण गराएको वारे ।

माननिय मन्त्री ज्यू
नेपालको संबिधान २०७२ को अधिनमा रही नेपालको राजनितिक अस्थिरता वाट सृजना भएका निरासा , कुण्ठा साथै आक्रोसलाई सम्बोधन गर्ने त्यसवाट समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न धादिङका किसानको जिवनमा समृद्धि र सुखी आउनु जरुरी छ । यसका लागि जिल्लाको राजनितिक कालखण्डमा तपाईले देखाउनु भएको ईमान्दारीता साथै त्यसवाट हाल प्राप्त भएको सफलतालाई पक्कै पनी धादिङको जनताको जिवन संग जोडिएको कृषि क्षेत्रको बिकासमा महत्वपुर्ण योगदानको बिश्वास सहित नागरीकको तर्फवाट यो ध्यानाकर्षण पत्र उपलब्ध गराएको छु ।

१) राष्ट्रिय रुपमा तत्काल चाल्नु पर्ने कदमहरु
क) नेपालीको अर्बौ रकम रासायनिक मल र बिषदीमा खर्च गर्नु पर्ने बाद्ययत्मक अवस्थामा न्युनिकरण गरी आत्मनिर्भर कृषि बिकासको लागि नेपालमा रासायनिक मल तथा प्राङगारीक मल कारखानाको अभिलम्ब सुरुवात गर्न आवश्यक रहेको छ ।

२) रासायनिक मल , बिऊ बिजन, किटनासक साथै रोग निवरक बिषदीको गुणस्तर परिक्षण गरी सर्ब सुलभ सबै किसानले चाहेको वखत उपलब्ध हुने गरी सहजै उपलब्ध गराउने प्रबन्ध गर्ने

३) नेपालको नाकामा दोस्रो मुलुकवाट आउने तरकारी तथा औषधि र बिऊ बिजनको गुणस्तर परिक्षण अनिवार्य गर्ने गुणस्तर हिन बस्तुको नियनत्रण गर्न आवश्यक रहेको छ साथै सिजनमा नेपाली उत्पादनले बजार नपाउने समस्या रहेकोले आयत रोक्न बिशेष पहल गर्ने ।

४) मासुजन्य बस्तु, चिया , मसलेदार बस्तु साथै कृषि उपज बस्तुको तत्काल आयत प्रतिस्थापन गरी निर्यात प्रबद्र्धन गर्न सकिने खालका लगानीको लागि किसान, व्यवशायि र उपभोक्ताको प्रतिनिधित्व भएको शक्तिशाली समिति निर्माण गरी कृषिको वजारीकरणमा योगदान गर्न आवश्यक छ ।

५) प्रत्येक जिल्लाका बिद्यार्थीलाई कक्षा ९ देखी १२ सम्मका प्रयोगात्मक शिक्षा साथै पालिका स्तरमा एक कृषि वालि विज्ञान र पशु स्वास्थ्य शिक्षा साथै जडीबुटी बिषयमा पाठ्क्रममा समाबेश गरी सिक्दै कमाउदै अभियानमा बिद्यार्थीलाई जोड्ने बिद्यालयलाई प्रोत्साहन दिन आवश्यक पुर्बाधार को प्रभावकारी प्रयोगको लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने

६) कृषि उपजको अध्यावधिक विवरण स्थानिय तहमा संकलन गरी सोको बिवरण संघ र प्रदेशमा उपलब्ध गराउने कार्यको लागि स्थानिय तहको लागत साझेदारीमा नियमित अध्यावधिक गर्ने

७) किसानको पहिचान, वर्गिकण गरी उनिहरुको क्षमताको आधारमा लागनी साझेदारी, उत्पादन अनुदान साथै बिपन्न बर्गाको श्रमशक्तिलाई कृषि उत्पादनमा लगाउन बिशेष उत्पेरणा जगाउने कार्यक्रमको थालनी गरी अनुदानको अभिलेख राखि एउटै ब्यक्तिले पटक पटक अनुदान खाने अरुले हेरेर वस्नु पर्ने अवस्थाको अन्त्य गर्ने

८) किसान परिचय पत्रको व्यवस्था गरी उनिहरुको लागि बिशेष सहुलियत प्रदान गर्न स्वास्थ्य सेवामा बिमा अनुदान, शिक्षामा प्रथामिकता दिई किसानलाई सम्मान पुर्बक व्यवहारको सृजनागर्न बिभिन्न माध्यमवाट प्रचार प्रसार गर्ने

९) दुग्ध किसानले माघ देखी अहिले सम्म बिक्रि भएको दुधको मुल्य पाउन सकेका छैनन् यसले गर्दा किसानको बैकको व्याज , किस्ता साथै बिभिन्न समस्या झेलिरहनु पर्ने अवस्थाको अन्त्य गर्न तत्काल पहल गर्नु पर्ने ।
यसका लागि बिदेशी पाउडर दुधको आयत रोक्न साथै नेपाली दुध पाउडर उत्पादनको बृद्धि गर्न बिशेष पहल गर्नु पर्ने

१०) नेपालको संबिधानमा मौलिक हकको रुपमा रहेको खाद्य सुरक्षा, अधिकार र सम्प्रभुता अधिकारको ऐन निर्माण भई नियमावली समेत आएको अवस्थामा सोको प्रभावकारी कार्यन्वयन गर्न तत्काल पहल गरी केन्द्रमा किसान , अभियानमा जोडिएका ब्यक्तिहरुको सहभागीतामा मन्त्रीज्युको संयोजकत्वमा संघिय खाद्य परिषद, प्रदेश कृषि मन्त्रीको संयोजकत्वमा प्रदेश कृषि परिषद र स्थानिय पालिका अध्यक्षको संयोजकत्वमा समन्वय समिति वनाई तत्काल किसानकोलागी हित गर्ने खाद्य तथा पोषण सुरक्षा रणनितिक योजना वनाई कार्यन्वयन गर्न स्थानिय पालिकालाई स्रोत साझेदारी बिकास गर्ने

११) बिकासका साझेदार सस्थाहरुको कृषिको नाममा अथाह स्रोत खर्च भएको छ तर किसानले सहुलियत र लाभ पाउन सकेको अवस्था नभएकोले उक्त स्रोतको बिषयमा एकिकृत साथै प्रभावकारी कार्यन्वयनको लागि बिशेष कदम चाल्नु पर्ने

१२) किसानले उत्पादन गरेको बस्तुको तरकारी , फलफुल साथै दलहन वालीको न्युनतम बिक्रि मुल्य तोकी बिचौलियको अन्त्य गर्न सहकारीको सवलिकरण गरी उपभोक्ताको हितका लागि बिशेष योजना वनाउनु पर्ने

१३) कृषि सहकारीहरुको सस्थागत सुशासन, सवलिकरण क्षमता विकास गरी किसानलाई वचत गर्ने , आवश्यक बितिय स्रोतमा सहज पहुँच पु¥याउने, बैक तथा बितिय सस्थावाट उपलब्ध गराउने कृषि लोन ठुला व्यापारीहरुले प्रयोग गरिरहेकोले वास्तबिक किसान लागनीको अभावमा उत्पादन क्षेत्रमा आकर्षित हुन सक्ने अवस्था रहेको छैन यसका लागि बिशेष संयन्त्र वनाई अनुगमन गर्ने प्रबन्धको लागि पहल गर्ने

१४) रासायनिक मल बितरण गर्ने कृषि सामाग्री सस्था, साल्टर्टेडिङ लिमिटेडको सुशासन साथै प्रभावकारी अनुगमन गरी चुहावट रोक्न, कालावजारी नियन्त्रण गर्ने साथै बितरण केन्द्रको सवलिकरण गरी सहज उपलबध गराउन बिशेष कार्यक्रम सञ्चालन गर्ने

१५) केन्द्रीय स्तरका सिंचाई योजना, प्रदेश सिंचाई योजना र पालिका सिंचाई योजनाको बर्गिाकरण गरी सोही अनुसार लागनी गर्ने वातावरण वनाउने ।

१६) अन्तर मन्त्रालय संयन्त्र निर्माण संघिय मामिला तथा प्रशासन, अर्थ , जलस्रोत , सिंचाई , उद्योग ,वन तथा वातावरण, आपुर्ती र कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको संयन्त्र निर्माण गरी आपसी क्षेत्र पहिचान गरी सहज सेवा प्रबाहमा संरचनागत सुधार गर्ने

१७) जलवायु अनुकुलन र वातावरण मैत्री कृषिको लागि एग्रो ईकोलोजी , कृषि वन प्रणली , साथै जैबिक कृषि उत्पादन मा बिशेष प्रथामिकता दिई सोको लागि आवश्यक पुर्बाधार , प्रबिधि हस्तान्तरण र बिकासमा बिशेष ध्यान दिने ।

१८) नेपालको भौगोलिक संरचनाको अवस्थाको अनुसन्धान गरी सोको आधारमा जमिनको बर्गिकरण गर्दै सोही आधारमा तरकारी खेती , फलफुल , पशुपालन, माछा , माशु उत्पादन, तेलहन, दलहन,खाद्ययन्न वाली , जडिबुटी खेती बिस्तारमा बिशेष योजना निर्माण गर्ने

१९) कृषि तथा पशुपालन बिषयमा अध्ययन गर्न युवा पुस्तालाई आकर्षित गर्न बिशेष सहुलियत साथै अध्ययन गर्न चाहने युवाहरुलाई कोटो प्रणली नराखी अध्ययनको अवसर उपलब्ध गराई प्रयोगात्क सिपको बिकासमा जोड दिने ।
धादिङ जिल्लामा कृषि तथा पशुपालन क्षेत्रमा संघिय मन्त्रालयको तर्फवाट प्रदेश र स्थानिय तहको सहकार्यमा गर्न सकिने

कार्यक्रम तथा योजनाहरु

१) धादिङका प्रत्येक पालिकामा कम्तीमा एक जेटी तह सम्मको बिद्यालय , जिल्लामा २ वटा बिएससी कलेज स्थापना गरी बिद्यार्थीलाई पढ्न उत्प्रेरण प्रदान गर्ने र जिल्लालाई कृषि तथा पशु स्वास्थ्य अध्ययन केन्द्रहवको रुपमा बिकास गर्ने

२) जिल्लाको ३३० मिटर देखी ५००० मिटर सम्मको उचाई रहेकोले कम्तीमा तिन खण्डमा बिभाजन गरी सहतहको ९०० मिटर सम्म तरकारी खेती , ९०० देखी १८०० सम्म पशुपालन साथै फलफुल खेती, १८०० देखी माथी जडीबुटी खेती को बिस्तार गर्न बिज्ञद्धारा अनुसन्धान गराई सोही अनुसारको किसानलाई अभिप्रेरित गर्ने यसो गर्दा जिल्लाको ठ्ला टारहरु त्रिशुली , बुढिगण्डकी साथै आखु खोलाको पानीलाई सोलार लिफ्ट द्धारा टारको भितामा ठुला पोखरी निर्माण गरी उक्त स्थानमा माछा, बंगुर र कुखुरा पालन व्यवशाय प्रबर्दन गर्दै टारमा परेका किसानको जग्गामा पाईपद्धारा पानी बितरण गरी तरकारी उत्पादनमा प्रोत्साहित गर्ने ।

३) स्थानिय तहको सहजिकरणमा धादिङमा सञ्चालनमा रहेका करिब १५० होटलले यहाँ वाट यात्रा गर्ने दिनमा झण्डै १ लाखले खाना, खाजा खाने गरेको ले सबै होटल व्यवशायिलाई ताजा तरकारी , माशु, दुध जस्ता वस्तुहरुको प्रयोग धादिङ किसानकै गर्ने वातावरणको लागि व्यवशायि, किसान, पालिका प्रतिनिधि रहेको संयन्त्र निर्माण गरी काठमाण्डौ तरकारी वजारको मुल्यलाई आधार मानी उत्पादित वस्तुको बिक्रि बितरण केन्द्र निर्माण गरी खपत गर्ने अवस्था सृजना गर्ने । यसो गर्दा गुणस्तरीय बस्तुको उपभोगमा धादिङको स्वाद लिन सक्ने होटल व्यवशायको बिशेष अनुगमन गरी सरल , स्वादिष्ट खानेबस्तुको कारण अर्को बर्ष यो संख्या बृद्धि भई नियमित रोजगारी सृजना गर्न सकिो छ ।

४) जमिन नहुने श्रमजिविहरुको लागि स्थानिय सरकारवाट लिजमा जमिन लिई उनिहरुको परिवारको सहभागीतामा उत्पादन बृद्धि गर्न बिशेष कार्यक्रम सञ्चालन गर्ने

५) धादिङको पहिचान सल्यानटारको मास, लेकको आलु, त्रिशुलीको माछा, थाक्रेको कालो उखु , चालिसेको केरा, चरौदी देखी धुनिबेशी सम्मको तरकारी, स्यादुल, सिद्धलेकको सुन्तला,केवलपुरको अदुवा अहिले प्रख्यात छन् तर यिनको समस्या भित्र रहेर समाधानको लागि खासै पहल भएको छैन । यस्ता क्षेत्रको बिषयमा आवश्यकता के रहेको छ तिनको विकास र बिस्तारमा के गर्न सकिन्छ भन्ने अध्ययन गरी सोको आधारमा लगानी गरिदिने हो भने यसले नेपालमा जिल्लाको पहिचान दिलाउन सक्छ यसका लागि बिशेष ध्यान दिन आवश्यक रहेको छ ।

६) तरकारी तथा खाद्ययन्न वाली को बिऊँ उत्पादन र वजारीकरण र फलफुलको नर्सरी स्थापना र बिस्तार गर्नाले रोजगारीको साथै किसानलाई थप आयमा जोड्न सकिन्छ ।

७) धादिङको दुध, माशु उत्पादनको पकेट क्षेत्र बिकास गरी त्यसमा आकर्शित किसानलाई बिशेष प्राबिधिक सहयोग र बितिय पहुचको सुनिश्चिता गर्ने

८) कृषि प्रबिधि हस्तान्तरणको लागि अगुवा किसान क्षमता बिकास , नमुना फर्म प्रदर्शनी साथै प्रबिधि प्रसारमा बिशेष योजना वनाई परिचालन गर्ने ।

९) सहकारी सहवलीकरण गरी उनिहरुको व्यवशायिक क्षमता विकास र बिस्तारमा आवश्यक सहजिकरण सहयोग गर्ने

१०) कृषिलाई व्यवशायिक करण, औद्योगिक करण र आधुनीकिकरण गरी आत्म निर्भर अर्थतन्त्रमा योगदान र रोजगारी सृजना गर्ने खालका योजनाहरु कार्यन्वयन गर्ने

११) कृषि साथै पशु पन्छी बिकास र बिसतारमा जनशक्ति उत्पादनको लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने प्राबिधिक सिप सहितको शिक्षामा प्रथामिकता दिने

उपर्युक्त बिषयको अलवा अन्य बिषय वस्तुमा गर्न सकिने कामहरु धेरै रहेकोले माननिय मन्त्री ज्युको पहल कदमीवाट यो सरकारको सफलता ६२ प्रतिशत किसानले अनुभुती गर्ने भएकोले यो महान लक्ष्य हाशिल गर्न माननिय मन्त्रीज्युको सक्रियताको बिश्वास गरेका छौ ।

गोकर्ण रुपाखेती
समाजिक अभियानकर्मी
२०८१ श्रावण ५

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस