१०१
Shares६ साउन,थाक्रे : धादिङको थाक्रे गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलाई भव्य स्वागत शुभकामना तथा बधाई दिएको छ।
पालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकाका अध्यक्ष रामकुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापाले पालिकाको तर्फबाट स्वागत गर्नु भएको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले यो सम्मान र शुभकामनालाई आफूले ग्रहण गरेको र तपाइहरुको साथ सहयोग र मायाको कारण आज यस स्थान सम्म पुग्न सफल भएको भन्दै धादिङ वासी सबैलाई धन्यवाद दिनु भयो।
आफू किसानको छोरा भएको र आफुले तेही अनुरूप काम गर्ने जिम्मेवारी पनि पाएको भन्दै अब किसानको समस्या समाधान हुने बताउनु भयो।
तेस्तै तपाइहरु बाट उपयुक्त सुझावको आशा राखेको र मैले सके सम्म राम्रो काम गर्छु यदि मैले राम्रो काम गर्न सकिन भने कलङ्कको टिको बोकेर चाहिँ फर्कने छैन मन्त्री अधिकारीले भन्नु भयो।
आफूले विगतका जस्ता काम हैन अब किसानको हक हितको लागि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयो।
कार्यक्रममा स्वागत तथा शुभकामना एवं बधाई दिनु हुदै पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले आफ्नै जिल्लाको मन्त्री पाएकोमा खुसी लागेको र किसानको लागि पक्कैपनि राम्रा कार्यक्रमहरू आउने छन् भन्ने विश्वास राखेको बताउनु भयो।
तस्तै कार्यक्रमका अध्यक्ष तथा पालिकाका अध्यक्ष रामकुमार आचार्यले पनि कृषि मन्त्रि अधिकारीलाई शुभकामना तथा बधाई दिनु हुँदै जिल्लामानै यसरी पालिकाको भवन भित्र कृषि मन्त्री लाइ बधाई तथा शुभकामना दिने पहिलो पालिका रहेको बताउनु भयो। साथौ उहाले सबैको साझा नेता भएकोले तेस माथि किसानको छोरा कृषि मन्त्रि भएकोले किसानको समस्या समाधान हुने विश्वास राखेको बताउनु भयो।
विगतका दिनहरूमा कृषिमा भएका समस्या र अब भोलिका दिन हरमा गर्नु पर्ने काम हरुको बिसयमा सुझाब दिँदै थाक्रे कृषिको लागि उपयुक्त भूमि रहेकोले यसलाई प्राथामिकतामा राखेर काम गर्नुहुने छ भन्ने आशा राखेको बताउनु भयो।
उक्त कार्यक्रममा पालिकाका पूर्व उपाध्यक्ष अम्बिका रूपाखेती , वडा अध्यक्षहरू , पुर्व वडा अध्यक्षहरू , कार्यपालिका सदस्य , बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि स्थानीय लगायतको उपस्थिति रहेको थियो।