FLASH NEWS

इजरायलको नाममा हुने ठगीबाट सचेत रहन वैदेशिक रोजगार विभागको आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ५, शनिबार (४ महिना अघि)
  • १०८

    Shares

इजरायलको नाममा हुने ठगीबाट सचेत रहन  वैदेशिक रोजगार विभागको आग्रह

५ साउन ,२०८१ :   वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरका लागि पठाइदिने भन्दै विभिन्न संस्था र व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रव्रिmया जिटुुजी अन्तर्गत पर्ने भएकाले कुुनै व्यक्ति वा संस्थाले अनधिकृत रूपमा पैसा मागेका भरमा नदिन सर्वसाधारणको ध्यानाकर्षण गराएको छ ।

विभागले शुुव्रmबार विज्ञप्तिमार्फत इजरायल पठाइदिने भनेर केही व्यक्ति र समूहले युुवासँग मनलाग्दी रूपमा रकम असुुली गरेको उजुरी विभागमा आएको र त्यस्ता व्यक्ति वा समूहबाट सचेत रहन सबैलाई आग्रह गरेको हो ।

विभागमा महानिर्देशक डण्डुुराज घिमिरेले इजरायलमा केयरगिभर श्रमिक पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिले अनधिकृत रूपमा रकम असुुली गरेको विभागमा सूचना प्राप्त भएको र ती व्यक्ति वा संस्थाको गोप्य रूपमा निगरानी बढाएको जानकारी दिनुुभयो ।

उहाँले इजरायलको केयरगिभर क्षेत्रमा पठाइदिने भनी रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभन नपर्न युुवालाई आग्रहसमेत गर्नुुभयो । विभागलाई प्राप्त सूचनाका आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा विभागले सूक्ष्म रूपमा अनुसन्धान गरिरहकाले यस्ता कार्य भए गरेको जानकारी भएमा जोसुुकैले कल सेन्टरलगायतका विभागमा सूचना दिन अनुुरोध गरेको छ ।

प्रेस विज्ञप्ति   हेर्नुहोस

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस