FLASH NEWS

धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण ४, शुक्रबार (४ महिना अघि)
  • ११२

    Shares

धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

४ साउन ,धादिङ : धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

बिहिबार धादिङबेशीमा जिल्ला खोप समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी खोप सुनिश्चितता जिल्ला घोषणा गरेको हो ।

जिल्लाका १३ वटै स्थानीय तहबाट प्राप्त तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो। जिल्लाभरिका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि घोषणा गरिएको बताउनुभयो।

गत जेठ २७ गते धादिङ जिल्लाको सबै स्थानिय तह पूर्णखोप सुनिश्चित भएपछी जेठ २८ गते प्रदेश स्तरिय खोप समितीलाई प्रमाणिकरणको लागि पत्राचार गरिएको, असार २६ गते प्रदेश स्तरिय खोप समितीबाट जिल्लामा भेरिफिकेशन गरी असार ३१ गते प्रदेश स्तरिय खोप समितीको प्रमाणिकरण पश्चात आज बिहिबार घोषणा गरिएको झाले बताउनुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको भन्दै यस कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक नवराज अधिकारीले यो कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाहरूको ठूलो भूमिका रहेको बताउनुभयो। पूर्ण खोप सुनिश्चितता कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने अधिकारीको भनाई थियो ।

घोषणा कार्यक्रममा जिसस उपप्रमुख कुलमान विक, बिभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश स्वास्थ निर्देशनालयका जनस्वास्थ्य प्रशासक अन्जु राई, बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधी, तीन वटै सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधी एवम सञ्चारकर्मीहरु सहभागी थिए ।

कार्यक्रममा १३ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको थियो ।धादिङमा हाल ४ सय ८० खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ।
गत आर्थिक बर्ष २०८०/०८१ को माघ देखी चैत सम्म जिल्लामा रहेका १५ महिना सम्मका ४ हजार ४९४ र १६ देखि ५९ महिनाभित्रका ११ हजार ६०२ बालबालिकालाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाईजर निरिक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

धादिङलाई पहिलोपटक २०१७ सालमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस