FLASH NEWS

  धादिङ बहुप्राविधिक शिक्षालय गजुरी१मा स्वास्थ्य परिक्षण शिविर सम्पन्न ,१६५ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण १, मंगलबार (४ महिना अघि)
  • १३२

    Shares

  धादिङ बहुप्राविधिक शिक्षालय गजुरी१मा स्वास्थ्य परिक्षण शिविर सम्पन्न ,१६५ जनाले लिए सेवा

१ श्रावण ,२०८१ :  धादिङ बहुप्राविधिक शिक्षालय गजुरी -१, धादिङमा स्वास्थ्य परिक्षण शिविर भएको छ।

धादिङको गजुरी गाउपालिका १ गजुरीमा रहेको  धादिङ बहुप्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थीहरूको लागी स्वास्थ्य परिक्षण गरिएको हो।


गजुरी गाउपालिका र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र द्वारा आयोजित दुई दिने नि: शुल्क स्वास्थ्य परिक्षण शिविरमा   शिक्षालयमा अध्ययनरत १ सय ६५ जनाले सेवा लिइएको  धादिङ बहुप्राविधिक शिक्षालय गजुरीका प्रमुख रवि राज भण्डारीले टोलटोलको खबरलाई जानकारी दिनु भयो।


शिक्षालयले विगतका दिनहरूमा आफ्ना विद्यार्थीहरूलाई स्वस्थ राख्नको लागि र कुनै पनि रोग लाग्न नदिनको लागि बेला बेलामा  यस्ता शिविर गर्दै आएको र अब भोलिका दिनहरूमा पनि निरन्तर  रुपमा  शिविर गरिने भण्डारीले बताउनु भयो।

साथै उहाले शैक्षिक सत्र २०८१ / ८२ को लागि नयाँ भर्ना खुलेको समेत जानकारी गराउनु भएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस