१३०
Shares३१ असार, २०८१: धादिङका रामनाथ अधिकारी कृषिमन्त्री बन्नुभएको छ ।
नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट अधिकारी कृषिमन्त्री बन्नुभएको हो ।
शेखर कोइरालाको सचिवालयमा बसेको शेखर–गगन समूहको बैठकले प्रदीप पौडेललाई स्वास्थ्य तथा जनसंख्या र बद्री पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन दिएका छन् ।
रामनाथ अधिकारी धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ।
नेपाली काँग्रेस धादिङको ५ पटकसम्म जिल्ला सभापति बन्नु भएका अधिकारि २०७९ मंसिरको चुनावमा नेकपा एमालेका खेमप्रसाद लोहनीलाई पराजित गर्दै संघीय सांसदमा निर्वाचित हुनुभएको थियो ।
उहाँ हाल कांग्रेस धादिङका जिल्ला सभापति पनि हुनुहुन्छ ।
तीन दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली कांग्रेसभित्र इमानदार र सिद्धान्तमा निष्ठावान् नेताको रूपमा परिचित हुनुहुन्छ ।
धादिङको साबिक सुनौलाबजार गाविस तथा हालको नीलकण्ठ नगरपालिका– ६, नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिनु भएका अधिकारी २०५६ सालमा भएको आमनिर्वाचनमा धादिङ २ नम्बर क्षेत्रबाट सांसद बन्नुभएको थियो।