१२१
Shares३१ असार, २०८१: आज नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदैहुनुहुन्छ।
बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ। सकेसम्म सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।
ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । ७३ वर्षीय ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्नु भएको हो।
माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ओली मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्तहुनु भएको हो । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो।
नेपाली कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो। यही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बन्नु भएको हो ।
ओली पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भबन्नु भएको थियो । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उउहाले १० महिना सरकार सञ्चालन गर्नु भएको थियो।
२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु भएको थियो । त्यतिवेला उहा तीन वर्ष तीन महिना सरकार चलाउनु भएको थियो ।वैशाख ३० गते तेस्रोपटक प्रधानमन्त्री बन्नु भएका ओली दुई महिना मात्र सत्तामा रहनु भएको थियो ।