FLASH NEWS

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • ९८

    Shares

विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

२८ असार ,२०८१:   प्रतिनिधि सभाबाट विश्वासको मत पाउन असफल भएसँगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनको आफुलाई विश्वास छ भनी राखेको विश्वासको मत सम्बन्धिको प्रस्ताव दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको हो ।

प्रतिनिधि सभामा आज उपस्थित २५८ मध्ये प्रस्तावको पक्षमा ६३ मत विपक्षमा १९४ मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।

नेपाली काँग्रेस, एमाले, राप्रपा, लोसपा, जसपा लगायतका पार्टीहरुले विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गरे भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले विश्वासको मत सम्बन्धि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धिको प्रस्ताव अस्वीकृत भएसँगै संविधानत: प्रधानमन्त्री स्वत: पदमुक्त हुनु भएको छ । प्रधानमन्त्री पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुला भएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस