FLASH NEWS

धादिङबेशीमा फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ अषाढ १९, बुधबार (४ महिना अघि)
  • १४६

    Shares

धादिङबेशीमा फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल

धादिङ:     धादिङको  सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद सुटकेसमा थोत्रा कपडा,सुर्ती र चिजबल रहेको खुुलेको छ ।

नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले राखेको सुटकेस झण्डै ५ घन्टा पछि नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हो ।

नेपाली सेनाको विज्ञ टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरु भेटिएको हो । शंकास्पद बस्तु फेलापरेपछी बिचबजार बजार क्षेत्र सिल गरिएको थियो भने दिनभर धादिङबेशी बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।

कारमा शंकास्पद बस्तु राख्ने एक जनालाई सिसिटिभि फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट गिरफ्तार गरेको धादिङका प्रहरी उपरिक्षक गौतम केसीले  जानकारी दिनुभयो ।

नेपाली सेनाको शिवदल गणका गणपति अरुण कार्कीका अनुसार झोलामा भएको शंकास्पद बस्तुको बिसयमा थप अध्ययन भईरहेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस