९१
Shares|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
१७ असार, २०८१ : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज बस्दैछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाउनु भएको हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले गत पुसमा ६ महिना भित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो। तर तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेनन्।
भ्रातृ संस्थाको म्याद के गर्ने भन्नेबारे पनि छलफल केन्द्रित हुने मुख्यसचिव पौडेलले जानकारी दिनु भयो।