FLASH NEWS

आज रोपाई जात्रा मनाइँदै।

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ श्रावण २८, शनिबार (२ साल अघि)
  • १७०

    Shares

आज रोपाई जात्रा मनाइँदै।

आज शनिबार रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो। धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ।

यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्दछन्। गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ। विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस