FLASH NEWS

युवा दिवसका अवसरमा थाक्रेमा अन्तर संवाद कार्यक्रम सम्पन्न ।

  • टोलटोलको खबर
  • अन्तरवार्ता
  • प्रकाशित मिति:
  • २०७९ श्रावण २७, शुक्रबार (२ साल अघि)
  • १०६

    Shares

युवा दिवसका अवसरमा थाक्रेमा अन्तर संवाद कार्यक्रम सम्पन्न ।

सिड्स नेपाल धादिङको आयोजनामा विहिबार थाक्रेमा अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ।“स्थानिय विकास र उद्यमशिलता, एकताबद्ध पहल आजको आवश्यकता” भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै अन्तराष्ट्रिय युवा दिवसका अवसरमा बिहिबार थाक्रे पालिका स्तरिय अन्तर संवाद कार्यक्रम सम्पन्न भएको हो ।

थाक्रे गाउँपालिकाको सवालमा युवा नेतृत्व,नागरिक अगुवा,पहरी,पत्रकार साथै जनप्रतिनिधिहरुका बिचमा अन्तरक्रिया थाक्रे२सिम्लेमा रहेको द क्ल्फि साईट रोशोर्ट सम्पन्न भएको छ ।

अन्तर संवाद कार्यक्रममा युवा बर्गलाई सामुदायिक विकासको प्रभावकारी कार्यन्वयनमा सहभागी गराउन के गर्नु पर्ला?,सामुदायिक शान्ति प्रकृयामा देखिएका बाधहरु र शान्ति निर्माणमा खेल्नु पर्ने भूमिका,युवा उद्यमशिलताको क्षेत्र के के हुन सक्छन् र थाक्रेको सवालमा पालिकाले खेल्नु पर्ने भूमिका कस्तो रहनु पर्दछ?, पालिकाले कस्ता खालका निति र योजना बनाउन सकेमा सामुदायिक विकासलाई गतिशिल र दिगो बनाउन सकिन्छ?, युवा बर्गले सामुदायिक विकासमा दिन सक्ने योगदान के हुन सक्छन? त्यसमा पालिका वा समाजिक संस्थाले कस्तो प्रकृतिको सहकार्य गर्न आबश्यक रहेको छ ? भन्ने पाँच वटा सवालमा रहेर अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनु भएको छ ।

कार्यक्रममा युवालाई लक्षित गरि रोजगारी सिर्जना र उद्यमशिलतामा जोडेर माथी उल्लेखित पाँच वटा सवालमा रहेर सहभागीहरुले आफ्नो धारण राख्नु भएको हो । सिड्स नेपाल धादिङको आयोजना रहेको कार्यक्रममा थाक्रे गाउापालिकाको सहकार्य,ब्रेट फर द वल्र्डको आर्थिक सहयोग,संस्थागत विकास सञ्जालको साझेदारी,पालिका स्तरिय युवा परिषद थाक्रेको स्थानिय व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य र उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी)ले युवा दिवसका अवसरमा शुभकामना दिदै पालिकाले युवा लक्षित विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो  ।
कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी),वडा अध्यक्षहरु, नागरिक अगुवा,पत्रकार साथै युवाहरुको सहभागिता रहेको थियो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस