५९
Shares२८ भाद्र ,२०८०। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत उहाले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लैजादँदै गर्दा नेम्वाङको निधन भएको थियो ।