४७३०
Sharesगजुरी (धादिङ) २६ भदौ ः किराञ्चोकमा यस वर्ष अहिलेसम्मकै राम्रो र धेरै आलु उत्पादन भएको छ । केही वर्ष अघिसम्म नावो उम्रेर फल्ने गरेको थियो । नावो आलु उमेर फल्दा निकै कम फल्ने भएकाले किसानहरुले आलुको उन्नत जातको वीउ भित्र्याए ।
आलुको उन्नत वीउ भित्र्याएपछि यस वर्ष चार सय टन आलु फलेको अगुवा कृषक सोनाम सिंह रुम्वाले बताउनु भयो । दुई सय नौ टन विक्री गरिसकेको र अझै १५ टन जति आलु विक्री गर्न बाँकी होला । कयौले घरमै आएर पनि किनेर लगेकाछन् । कयौ किसानहरुले आफु बजार जाँदा लगेर बेचेकाछन् । केही गाँउमा अझ खन्न बाँकी नै छ रुम्वाले भन्नु भयो ।
यस पटक आलु राम्रो र धेरै फल्यो । तर सडक सुचारु नहुदाँ विक्री गर्न मुस्किल भयो । किराञ्चोकले लेकबाट पृथ्वीराजमागको आदघाट पुग्न ३० किलो मिटर छ । सडक बिग्रेका कारण पालुङ–नौविसे हुदै आदमघाट पुग्दा एक सय १० किलोमिटर छ । यति लामो सडक प्रयोग गर्दा गाडी भाडा महँगो परेकोले किसानले राम्रो भाउ पाउन सकेनन् । बजारमा आलु अभाव गाँउमा खनेर थुपारेर राख्ने कुरा पनि राम्रो हुदैन भनेर खन्दै बेच्दै गर्दा उत्पादक किसानले आलुको भाउ सन्तोषजनक पाएनन् रुम्वाले बताउनु भयो ।
मेरो बारीमा उत्पादन भएको सात टन विक्री गरे । अरु किसानको पनि आलु किनेर बेचे । यसपालिको भाउ ग्रेडिङ नगरेको २५ रुपयाँ प्रति किलो र ग्रेडिङ गरेको ३० रुपयाँ प्रति किलोमा किसानले पैसा पाए । रातो आलुको ३५ रुपयाँ प्रति किलोका दरले पैसा पाएका हुन रुम्वाले बताउनु भयो । गजुरी गाँउपालिका वडा नं. ७ को पेटारे वडा नं. ८ को थुम्कीडाँडा, तीनघरे, बाङ्गे, छेडा लगायतका गाँउका किसानले आलु बेचिसकेकाछन् ।
सोनाम सिंङ रुम्वारले ७८ टन, बम बहादुर रुम्वाले ४३ टन, मिलन तामाङले ४८ टन र राजकुमार तामाङले ४० टन आलु किसानबाट संकलन गरी विक्री गरेकाछन् । अव अन्तिम भइसक्यो १५ टन जति मात्र बाँकी होला । यस वर्षको आलुको कारोवार सकियो रुम्वाले बताउनु भयो ।
करिव एक सय ७५ टन आलु घरबाट विक्री, वीउ, खानको राखे होाल । अर्को वर्ष अझै आलु खेती विस्तार गर्छन । माघ फागुनमा आलु लगाउने भएकाले सिचाई गर्ने माध्यम छैन । खोलामा पानी बगिरहेको छ । तर बारीमा पु¥याउन सकिएको छैन । आदमघाट मजुवा चौतार ३५ किलोमिटरको राम बहादुर पण्डित मार्ग बनेको छ । तर कच्ची भएकाले बर्खा चल्दैन । बर्खा याममा पनि चल्लो भए २ हजार टन आलु उत्पादन गर्न सकिने रुम्वालेब बताउनु भयो ।
किसान बम बहादुर रुम्वा भन्नु हुन्छ किसानको बलमा सरकाको साथ रहे किसान गर्न हौसला बढ्छ । हामीलाई सडक बाह्रै महिना चल्ने बनाइ दिए मात्र पनि राहत महशुस हुन्छ । आलु भण्डार गर्ने ठाँउ नहुदाँ सस्तोमा बेचिरहेका छौ । आलु भण्डार कक्ष, आलु खेती तालिम, सहज रुपमा मलको आपूर्ति भए किसान खुशीले आलु खेती गर्छन ।
सूर्य बहादुर मुक्तान भन्छन आलु भण्डार गर्ने ठाँउ नहुदाँ सस्तोमा आलु बेच्नु प¥यो । ६० रुपयाँ केजीमा किनेको आलुको वीउ अहिले २५ रुपयाँमा बेच्नु परेको छ । मल खेताल, खाजा पानी सवै हिसाव गर्दा त घाटा हुन्छ तर पनि केही न केही काम गर्नु पर्ने भएकाले आलु खेती राम्रो नै छ ।
महादेव खर्कमा भने आलु खन्न बाँकी रहेको प्रदिप तामाङले बताउनु भयो। यस क्षेत्रमा अव आलु खन्ने वेला भएको छ । आलु खनेर एकै साथ विक्री गर्ने भनेर सल्लाह भइरहेको छ ।
गजुरी गाँउपालिका कृषि शाखाकी सर्मिला सुवेदी भन्नु हुन्छ गजुरीको लेकाली भुभाग आलु र बर्खे तरकारीको लागि उपयुक्त छ । गाँउपालिकाले भण्डार कक्ष बनाउन सहयोग गर्ने, प्रविधि र प्राविधिका साथै आलुको उन्नत विउको व्यवस्था गर्ने सके किसानहरुले आलु खेती अहिलेको तुलनामा २० गुणा बढाएर गर्न सक्छन् ।
आर्थिक वर्ष २०७६।०७७ मा वडा नं. ७ मा पाँच समूह र वडा नं. ८ मा छ समुहमा आलु पकेट कार्यक्रम गरिएको थियो । दुवै वडामा १२÷१२ लाख रुपयाँ खर्च भएको छ । वडा नं. ३ को वालसिङ, पुराकसिङ, चिलाउने खर्क र वडा नं. ४ को गैरीगाँउ, न्वारवास, चिउरीखर्क, वालुवाडाँडा आलुको खेती हुदै आएको छ ।