FLASH NEWS

नेता नेम्वाङको निधन , एमाले अध्यक्ष सहितका नेता शिक्षण अस्पतालमा

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र २६, मंगलबार (१ साल अघि)
  • १६०

    Shares

नेता नेम्वाङको निधन , एमाले अध्यक्ष सहितका नेता शिक्षण अस्पतालमा

२६ भाद्र २०८०।        ह्दयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको छ।

गएराति ७१ वर्षको उमेरमा निधन भएका नेम्वाङको शव अहिले शिक्षण अस्पतालबाट निकाल्ने तयारी भएको छ। नेता नेम्वाङको निधनको खबर सुन्न साथ शीर्ष नेताहरू महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका थिए।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनु भएको थियो । उहा पाँचौं पटक विजयी हुनु भएको हो ।

नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बन्नु भयो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाटै विजयी हुनु भएको हो । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बन्नु भयो ।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत रहनु भयो । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भन्नु भएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस