FLASH NEWS

प्रदेश संसद श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा विधालयलाई गरे कम्प्युटर हस्तान्तरण (भिडियो सहित )

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० भाद्र २५, सोमबार (१ साल अघि)
  • ७४३

    Shares

प्रदेश संसद श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा विधालयलाई गरे कम्प्युटर हस्तान्तरण (भिडियो सहित )

२५ भाद्र ,धार्के  ।   धादिङ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य मदुकुमार श्रेष्ठले आफ्नो जन्म दिनको अवसरमा विधालयलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको छ ।
सोमबार धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विधालयलाई दुइ वटा कम्प्युटर सेट हस्तान्तरण गरि आफ्नो जन्म दिन मनाउनु भएको हो।

धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिशाल भट्टराइको अध्यक्षातामा भएको कार्यक्रमका प्रमुख अतिथि एबम धादिङ क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य श्रेष्ठले विधालयलाई कम्प्युटर हस्तान्तरण गर्दै आफु सधै सत्यको बाटो हिड्ने र सधै सामाजिक कार्यमा बिगतका दिन हरुमा लागेको र भोलिका दिनहरुमा पनि सधै जनताको सेवामा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

 

आफु चुनाबमा एउटा पाटि बाट निर्वाचित भएपनि निर्वाचित पछि सबैको साझा भएको र कुनै पनि पाटि ब्याक्ति नभनी आफुले काम गरिरहेको संसद श्रेष्ठको भनाइ छ।
निर्वाचित पश्चात आफुले पाउने तलब भत्ता दुखि असाहाय हरुलाई दिदै आउनुका साथै बिभिन्न सामाजिक कामको लागि खर्च गरिएको संसद श्रेष्ठले बताउनु भयो।
साथै श्रेष्ठले आजै बिभिन्न ठाउमा बृक्षारोपण पनि गर्नु भएको छ।

भिडियो हेर्नु होला

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस