५२१
Shares२४ भाद्र ,धादिङ। शनिबार हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीले बार्षिक साधारण सभा मार्फत २०७९ /८० को बार्षिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष राम बहादुर अधिकारीले प्रस्तुत गर्नु भएको हो ।
वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ३ करोड ९ लाख २० हजार ८ सय रहेको छ । ऋण लगानी २२ करोड १३ लाख ९५ हजार ५ सय ४८ रुपैयाँ, बचत रकम २२ करोड १८ लाख ९७ हजार ७ सय ४३ रुपैयाँ, जगेडा कोष ३ करोड १४ लाख १७ हजार ८३ रुपैयाँ,अन्य कोष २ करोड १३ लाख ४५ हजार ७ सय ८५ रुपैयाँ,तरलता ७ करोड ९२ लाख ९० हजार ५ सय ६५ रुपैयाँ, बचत (शुद्ध नाफा )९५ लाख ८४ हजार २ सय ८० रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम ३० करोड ९५ लाख ४३ हजार १८८ रुपैयाँ रहेको छ ।
संस्थामा अहिले ४ हजार ६सय ५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कर्ता उत्कृष्ट कारोवार गर्ने बचत कर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष शिव बहादुर भण्डारीले बताउनु भयो ।
संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतित्यता रहेको थियो भने सहकारी अभियान्ता नेत्रराज पौडेल, गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहित २ हजार ५ सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको रहेका थिए। उक्त कार्यक्रममा कलाकार हरु द्वारा उपस्थित सदस्यहरुलाई मनोरंजन पनि दिइएको थियो।