FLASH NEWS

धुनिवेशीमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा आज सम्पन्न हुदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र १९, मंगलबार (१ साल अघि)
  • २२३

    Shares

धुनिवेशीमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा आज सम्पन्न हुदै

१९ भाद्र, धुनिबेशी।      धादिङको धुनिवेशी नगरपालिकामा सोमबार देखि स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा सुरु भएको छ । नगरपालिकाको हलमा सुरु भएको कार्यक्रम आज मँगलबार सकिने छ।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको बारेमा सहभागीलाई जानकारी गराईएको छ । स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार अधिकारीले स्वास्थ शाखा अन्तर्गतका विभिन्न स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सँस्थामा भएको सेवा, लाभग्राही सँख्या लगायत पालिकाबाट भएका प्रयास, चुनौती र आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको छ ।

यस्तै कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले नगर बाट भएका स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्र कुमार झा, बागमती स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती र धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले कार्यक्रममा स्वास्थ्य शाखाबाट प्रस्तुत जानकारीको बारेमा आफ्नो धारणा तथा सुझाव दिनुभएको छ । यस्तै कार्यक्रममा यसअघि सञ्चालित सुआहारा कार्यक्रमका बागमती प्रदेश सँयोजक चिरञ्जिवी दाहाललाई प्रशँसा पत्रले सम्मान गरिएको छ ।

औपचारिक कार्यक्रमको समापन पछि उक्त समिक्षा कार्यक्रममा विभिन्न स्वास्थ्य सँस्थाहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका छन् । आज मँगलबार दोस्रो दिन स्वास्थ्य सँस्थाहरुको प्रस्तुती सहित सम्पादित कार्यक्रमहरुको विश्लेषण तथा योजना निर्माण, कार्ययोजनाको प्रस्तुती र प्रतिवद्धता पछि कार्यत्रम समापन हुने स्वास्थ्य शाखाका हेमन्त सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रमुख, धुनिवेशीका विभिन्न स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सँस्था एवम् विद्यालयमा कार्यरत विद्यालय नर्सहरु लागाएतको उपस्थिती छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस