९९
Shares१८ भाद्र २०८०। आज बाग्मती ,कोशी, मधेस र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मनसुनी गतिविधिका कारण केही ठाउँमा दिउँसो पछि हल्कादेखि मध्यम र एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
पानी परेका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गर्नु भएको छ ।