FLASH NEWS

एमालेको जम्बो टोली भोलि चीन भ्रमण जादै, १२ दिनसम्म सीपीसीका नेतासँग उच्चस्तरीय भेटवार्ता हुने

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र १५, शुक्रबार (१ साल अघि)
  • १४५

    Shares

एमालेको जम्बो टोली भोलि चीन भ्रमण जादै, १२ दिनसम्म सीपीसीका नेतासँग उच्चस्तरीय भेटवार्ता हुने

फाइल फोटो

१५ भाद्र, २०८० ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणअघि नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन जाने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि भोलिराति १२ बजे चीन प्रस्थान गर्ने भ्रमण टोलीका सदस्यसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य रामबहादुर मगरले जानकारी दिनुभयो । २२ सदस्यीय टोलीले छिमेकी मुलुक चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने तय भएको छ ।

भेटमा नेपाल र चीनको द्धिपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने मगरले बताउनुभयो । टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर १६ अर्थात भदौ ३० गते संयुक्तराज्य अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा सहभागीभएर असोज ३ गते अमेरिका बाटै चीन प्रस्थान गर्नुहुनेछ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस