१४१
Shares१५ भाद्र, २०८०। शुक्रबार देखि चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबार देखि खुल्ने लागेको ।
गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनु भयो । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ’, उहाले भन्नु भयो ।
२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। प्रजिअ न्यौपानेले शुक्रबारदेखि स्थानीयवासीका लागि पनि आवागमन खुल्ला गरिएको बताउनु भएको छ । उहाका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।