FLASH NEWS

धार्केमा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० भाद्र १३, बुधबार (१ साल अघि)
  • १७८

    Shares

धार्केमा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

१३ भाद्र ,  धार्के ।          धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्केमा अन्तराष्ट्रिय वेपत्ता दिवसको अवसरमा एक कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले राज्यबाट अझै सम्म न्याय नपाएको गुनासो गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी तथा बेपत्ता परिवार समाजका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले बेपत्ता व्यक्तिको परिवारले राज्यबाट अझै सम्म न्याय नपाएको भन्दै अहिलेको सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा शाखा सभापती दुर्लभ कुमार गुरुङले दिवसको सन्दर्भ र वेपत्ता भएका नागरिकहरु लगायत रेडक्रसले यस अघि गरेका क्रियाकलापहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । कार्यक्रममा रेडक्रसका पदाधिकारी सहित वेपत्ता पारिएका व्यक्तिको परिवारका सदस्यहरु सहभागी रहेका थिए ।

शाखाका सभापती दुर्लभ कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतित्थ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय राममणी मिश्रको विशेष आतित्थ्यता रहेको थियो भने वेपत्ता परिवार समाजका जिल्ला अध्यक्ष टिका कडेल लगायतको आतित्थ्यता रहेको थियो ।

नेपालमा १० वर्षे शसस्त्र द्धन्दका क्रममा धादिङका २४ जना अझै वेपत्ता रहेको नेपाल रेडक्रस सोसाईटीको तथ्याँङ्कमा उल्लेख छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस