१४८
Shares३ भाद्र २०८० । संघीय संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि मंगलबार सर्वदलीय बैठक डाक्नुभएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा संसदको गतिरोधसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । अहिले देखिएका समस्याहरुका बारेमासमेत राजनीति दलहरुसँग राष्ट्रपति पौडेलले छलफल गर्नुहुने पोखरेलले बताउनुभयो ।
सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक–पटक संसद् अवरुद्ध पार्दै आएपछि सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गर्नुभएको थियो ।