१५७
Shares२ भदौ २०८०। शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी र मधेश प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।
तस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।