३३३
Shares१ भाद्र,२०८०। भारतले यसै महिना आदित्य एल १ उपग्रहको प्रक्षेपण गर्ने योजना बनाएको छ ।
यसअघि चन्द्रमामा तेस्रो यान पठाएको भारतले प्रक्षेपण गर्न लागेको आदित्य सूर्यको अध्ययन गर्ने अन्तरिक्षमा आधारित पहिलो भारतीय मिसन हुने भारतीय अन्तरिक्ष अनुसन्धान एजेन्सी इसरोले जनाएको छ ।
यसअघि भारतले जुलाई १४ मा चन्द्रमामा पठाएको अन्तरिक्षयान चन्द्रमाको दक्षिण ध्रुव नजिकै पुगेको छ ।
भारतले जुलाई १४ मा प्रक्षेपण गरेको चन्द्रयान ३ नामक अन्तरिक्षयान अबको ६ दिनमा चन्द्रमामा अवतरण गर्नेछ । भारतले भन्दा करिब एक महिनापछि गत हप्ता लुना २५ नामक रुसी मिसन भने त्यसअघि नै चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने दाबी गरिएको छ ।
लुना २५ आज (बिहीबार) चन्द्रमाको कक्षमा पुगेको छ भने चन्द्रयान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरणको तयारीमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान एजेन्सी इसरोले बताएको छ ।
इसेराका अनुसार अगष्ट २३ मा चन्द्रमामा अवतरण हुने चन्द्रयान ३ ले चन्द्रमाको सतहमा भुकम्पीय गतिविधिको अध्ययन गरिनेछ । तर भारतीय अन्तरिक्षयानसँगको प्रतिष्पर्धामा रहेको रुसी अन्तरिक्षयान एकदुइदिन अगाडीनै चन्द्रमामा अवतरण हुने रुसको दाबी छ। चन्द्रमा लक्षित रुस र भारतको दुइ मिसनलाई मिनी स्पेस रेसको रुपमासमेत हेििरएको छ । तर इसरोले यो रेस नभइ दुइ राष्ट्रबीच चन्द्रमामा नयाँ मिटिङ प्वाइन्ट हुने बताएको छ।
भारतले जुलाई १४ मा प्रक्षेपण गरेको चन्द्रयान ३ ले चन्द्रमाको कक्षमा प्रवेश गर्नुअघि अगष्ट ५ मा पृथ्वीको परिक्रमा गरेको थियो । त्यसयता चन्द्रमाको परिक्रमा गर्दै आएको अन्तरिक्षयान चन्द्रमा यात्राको पाँचौं चरणमा बिहीबार दुइ भागमा बाँडीएको छ । आजदेखि प्रोपल्सन मोड्युल र लैंडर मोड्युल एकआपसमा अलग भएको हो ।
बिहीबार दुइ भागमा बाँडिएको यानको विक्रम ल्याण्डर नामक हिस्साले अब चन्द्रमा सम्मको यात्रा एक्लैले तय गर्नेछ ।
बिहीबार दिउँसो करिब १ बजे चन्द्रयान ३ को इन्टिग्रेटेड मोड्युल दुइ भागमा बाँडिएको थियो, जुन एक प्रोपल्शन मोड्युल र अर्को ल्याण्डर मोड्युल हो । बिहीबारसम्म जोडिएर एकैसाथ चन्द्रमाको यात्रा गरिरहेको यान आजदेखि अलग अलग भएर केही दुरी बनाएर यात्रा गरिरहेको छ ।
चन्द्रयानसँग सम्बन्धित प्रोपल्सन र ल्याण्डर अलग हुनु पाँचौ चरण हो । यही अगस्त २३ तारिख साँझ पौने ६ बजे (भारतीय समय) चन्द्रयान अवतरण हुने इसेराले जनाएको छ । इसेराका अनुसार अवतरण आठौं चरणको प्रक्रिया हो ।
अवतरणको क्रममा धुलो उड्नसक्ने पूर्वानुमान गरिएको छ। त्यसैले धुलो उड्न बन्द भएपछि मात्रै ल्याण्डरबाट रोवर ल्याण्डर बाहिर निस्कनेछ ।
बाहिर निस्किएको रोबर प्रज्ञानले चन्द्रमामा अवतरण भएको ल्याण्डरको आसपासका क्षेत्रको जाँच गर्नेछ ।
जाँचपछि रोबर प्रज्ञानले डाटा विक्रम ल्याण्डरलाई पठाउने छ । उसले चन्द्रमाको सतहभन्दा सय किलोमिटर उचाइमा घुमिरहेको प्रोपल्सन मोड्युललाई पठाउने छ भने त्यहाँबाटा डाटा बैंलारेस्थित इण्डियन डीप स्पेश नेटवर्कलाई पठाइनेछ ।