१६७
Shares३२ साउन,२०८०। डेंगु संक्रमितको संख्या १४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
मुगु र हुम्ला बाहेका जिल्लामा डेंगुका विरामी भेटिएका छन् भने १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ ।
डेंगु संक्रमणबाट सबैभन्दा बढी सुनसरी, मोरङ र धादिङ जिल्ला प्रभावित बनेका छन् । संक्रमितमध्ये ५२ दशमलव २ प्रतिशत सुनसरी, ११ दशमलव ७ प्रतिशत मोरङ र ९ दशमलव २ प्रतिशत बिरामी धादिङका रहेका छन् ।