२१५
Shares३१ साउन, २०८०। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्कर गर्ने गिरोहमा संलग्न भएको आशंकामा थप चार चीनिँया नागरिक पक्राउ परेका छन् ।
चीनीयाँ नागरिकहरु तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काईलाई काठमाडौंको विभिन्न क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिइएको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये २ जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ परेका हुन् । चार जनालाई पाँच दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । यही साउन ३ गते विमानस्थलस्थित भन्सार कार्यालयबाट ६० किलो सुन भित्रिएको थियो । सुन तस्करीको विषयमा राजस्व छली र संगठित अपराधमा विभाग र सीआइबीले अनुसन्धान र छानबिन गरिरहेको छ ।