FLASH NEWS

छोरा बुहारीको परीक्षा दिँदा ससुरो थुनामा, प्रश्नपत्र र उत्तरपुस्तिका भित्र बाहिर गराउने परीक्षा प्रमुखपनि समातिए

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • २७१

    Shares

छोरा बुहारीको परीक्षा दिँदा ससुरो थुनामा, प्रश्नपत्र र उत्तरपुस्तिका भित्र बाहिर गराउने परीक्षा प्रमुखपनि समातिए

३१ साउन २०८०।   पर्सामा बुहारीको परीक्षा दिने ससुरोसहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका ४ स्थित त्रिजुद्ध महाबिर प्रसार रघुविर राम माध्यमिक विद्यालय विर्तामा आज भएधो बीबीएस् दोस्रो वर्षको अर्थशास्त्र विषयको परीक्षा दिने कालिकामाइ गाउँपालिका १ रविदासका ६१ वर्षीय मोहन प्रसाद यादव पक्राउ परेका हुन्। साथै विद्यालयका कम्प्युटर शिक्षक तथा परीक्षा प्रमुख ५४ वर्षका विनोद कुमार स्वर्णकारसमेत पक्राउ परेका हुन्।

बारा विश्रामपुर गाउँपालिका १ घर भइ विद्यलायमा कार्यरत स्वर्णकारले अर्थशास्त्र विषयको प्रश्नपत्र र उत्तरपुस्थितका परीक्षा केन्द्रबाट बाहिर निकाली यादवसम्म पु¥याएर उत्तरपुस्तिका लेखीलेखाई पुन परीक्षा केन्द्रमा पु¥याएको आरोप लागेको छ।
यादवले शंकास्पद तरिकाले फाइल बोकी परीक्षा केन्द्र भित्र रहेको कम्प्युटर कक्षमा पसेर स्वर्णकारलाई दिएको फाइल खोलेर हेर्दा त्रिभुवन विश्वविद्यालयको सिम्वल नम्बर ७०० १५ १८८७ को बीबीएस दोस्रो वर्षको अर्थशास्त्र विषयको ८ पाना उत्तरपुस्तिका फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उक्त सिम्बोल नम्बर भएको परीक्षार्थी समातिएका यादवका जेठी बुहारी विमा कुमारी यादवको रहेको प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय पर्साबाट शिक्षा ऐन २०२८ अनुसार पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस