FLASH NEWS

धादिङमा आज थप ५ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३०, मंगलबार (१ साल अघि)
  • ४१७

    Shares

धादिङमा आज थप ५ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि

३० साउन,पवित्रा थापा मगर धादिङ।      धादिङमा आज थप ५ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३ जना, सिद्धलेक गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाका १/१ जना रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३९ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । जसमध्ये २३ जना महिला र १६ जना पुरुष रहेका छन् । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । ‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । स्क्रबटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । त्यस्तै किर्नाको टोकाइबाट बच्न, खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस