FLASH NEWS

धादिङमा ३४ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि,

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • १७४

    Shares

धादिङमा ३४ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि,

२९ साउन, धादिङ । धादिङमा ३४ जनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको छ ।

चालु आर्थिक वर्षको हालसम्म ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।सङ्क्रमण देखिनेमा जिल्लाका नीलकण्ठ नगरपालिकाका २३ जना, ज्वालामुखी गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका र रुवीभ्याली गाउँपालिकाका १÷१ जना रहेको कार्यालयले जनाएको छ ।

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत स्क्रबटाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । ‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

स्क्रबटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

त्यस्तै किर्नाको टोकाइबाट बच्न, खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्न आग्रह गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस