१८५
Shares२९ साउन,२०८०। धादिङमा आज थप ८० जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ७६ जना, सिद्दलेक गाउपालिकामा १ ,गजुरी १ जना ,ज्वालामुखी गाउपालिकामा २ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।
जसमध्ये ४३ जना पुरुष र ३७ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ५ सय ३२ जना पुगेको छ । जसमध्ये ७ सय ८७ जना पुरुष र ७ सय ४५ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन् ।