१९३
Shares२८ साउन ,२०८० धादिङमा आज ७४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिकाका ५७ जना, बेनीघाट रोराङ गाउँपालिकाका १०, ज्वालामुखीमा २ जना, सिद्धलेक, नेत्रावती डबजोङ, खनियाबास र रुवीभ्याली गाउँपालिकाका १/१ जनामा डेंगु संक्रमण भएको हो।
जसमध्ये ३५ जना पुरुष र३९ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ४ सय ५२ जना पुगेको छ । जसमध्ये ७ सय ४४ जना पुरुष र ७ सय ८ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन् ।