FLASH NEWS

शेषकान्त फाउन्डेसनमा ३ महिने हाइड्रोपावर तालिम समापन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २७, शनिबार (१ साल अघि)
  • ३३४

    Shares

शेषकान्त फाउन्डेसनमा ३ महिने हाइड्रोपावर तालिम समापन

धुनिवेशी ।    धादिङको धुनिवेशी नगरपालिका ५ मा रहेको शेषकान्त फाउन्डेसनद्वारा सञ्चालित नेपाल हाइड्रोपावर एकेडेमीको आयोजनामा ३ महिने तालिम सकिएको छ । मे १२ बाट सुरू भएको तालिम अगष्ट १२ सम्म सञ्चालन भएको हो । १५ जना प्रशिक्षार्थीहरुका लागि तीन महिनाको हाइड्रोपावर सम्बन्धि तालिम सञ्चालन गरिएको शेषकान्त फाउन्डेसनका सचिव ऋषी ढकालले बताउनु भयो ।
तीन महिनाको तालिम लिए पछि हाइड्रोपावरको क्षेत्रमा राम्रो दक्षता हासिल गर्न सफल भएको प्रशिक्षार्थी जनकराज पौडेलले बताउनु भयो । हाइड्रोपावरको मर्मत क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको नेपालमा यस किसिमको तालिमले थप उर्जा मिलेको प्रशिक्षार्थी पौडेलको भनाइ छ ।
तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष विश्वेश्वर प्रसाद ढकालले तालिम लिएका प्रशिक्षार्थीहरूलाई आगामी दिनमा विभिन्न हाइड्रोपावर कम्पनीमा कामको व्यवस्था गर्न सहजिकरण गर्ने बताउनु भयो।

यस्तै धुनिवेशी आदर्श क्याम्पसका प्रमुख जीवनाथ ढकालले यस जर्मन टेक्निकल स्कुललाई टेक्निकल विश्व विद्यालयको रूपमा विकास गर्नु पर्ने बताउनु भएको छ ।

उक्ता कार्यक्रममा तीन महिना हाइड्रोपावर सम्बन्धि तालिम हासिल गर्नु भएका प्रशिक्षार्थीले स्वदेशमा रोजगारी पाउने धुनिवेशी नगरपालिका उपमेयर सुरज उप्रेतीले बताउनु भयो ।

कार्यक्रम बोल्नु हुँदै नगरपालिका मेयर बालकृष्ण आचार्यले हाइड्रोपावर सँग सम्बन्धित तालिमका लागि नेपाल हाइड्रोपावर एकेडेमीको स्थापना गरि नेपालका विभिन्न क्षेत्रमा हाइड्रोको शिक्षा लिएका प्रशिक्षार्थीहरूलाई तीन महिनाको तालिम दिएर क्षमतावान बनाउन सहयोग गरेकोमा शेषकान्त फाउन्डेसनका पवन ढकाललाई धन्यवाद समेत दिनु भयो । नगरपालिकाले शेषकान्त फाउन्डेसन सँगको सहयोगमा अन्य विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको मेयर आचार्यको भनाइ छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस