८०१
Shares२६ साउन ,थाक्रे । धादिङको थाक्रे गाउपालिका ९ र १० मा डेङ्गी रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ।
जिल्लामा पछिल्लो समय दिनानु दिन डेङ्गी रोगको सङ्क्रमण दर बढ्दै जानथाले पछि जिल्लाका स्थानिय तहले डेङ्गी रोग नियन्त्रणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिरहेका छन् ।
शुक्रबार थाक्रे गाउपालिकाको वडा नम्बर ९ र १०को संयुक्त आयोजनामा “लामखुट्टेको बासस्थान खोजी गरौं र नस्ट गरौं, डेङ्गी रोगबाट बचौं र बचाऔं” भन्ने मुल नाराका जनप्रतिनिधि,स्वास्थ्य कर्मी, शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा डेङ्गी रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको थाक्रे ९ छाप चौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्रका अनमि लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।
डेङ्गी रोग के हो ? कसरि बच्ने
डेङ्गी एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेङ्गी को भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।
डेङ्गी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेङ्गी १, डेङ्गी २, डेङ्गी ३ रडेङ्गी ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेङ्गी बाट बच्न
झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।