२०८
Shares२४ साउन ,२०८०। आजपनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण बैठक अबरुद्ध भएको हो।
बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेपछि सभामुखले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिनु भएको थियो । तर, सत्ता पक्षका सांसदहरूले समेत उठेर विरोध जनाएपछि होहल्लाका बीच सांसद थापाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनु भएको छ ।
त्यसपछि एमाले सांसदहरु उठेर वेल घेराउ गर्न पुगेका थिए। ‘सुन तस्करलाई कारबाही गर, उच्च स्तरीय छानबिन समिति गठन गर, सुशासन कायम गर’ लगायतका नारा लगाएका थिए।
एमालेले सभामुख देवराज घिमिरेको बैठक चलाउने वातावरण बनाउन गरेको आग्रह नमानेपछि उहाले कार्यसूची हटाउँदै बैठक स्थगित गर्नु भएको हो ।
अर्को बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गर्नु भएको हो।
एमालेले साउन १०गते बाट एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ।