FLASH NEWS

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • ४०६

    Shares

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ साउन२०८०।       आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवा’ नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो। संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पनि आज बिभिन्न कार्यक्रमको आयोजना गरेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस