FLASH NEWS


पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ५ जना बेपत्ता

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २३, मंगलबार (१ साल अघि)
  • ९२

    Shares

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ५ जना बेपत्ता

२३ साउन २०८०।    मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा घर बगाउँदा एक जनाको मृत्यु भएको ।
मकवानपुरको बागमती गाउँपालिका–५ भोर्लेनीमा आज बिहान पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।
हिजो देखि परेको अविरल वर्षाका कारण पूर्वी मकवानपुरको बागमती गाउँपालिका–वडा नम्बर–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

गएराती पानीसंगै पहिरोले घर बाउँदा सुतिरहेको अवस्थामा पाँच जना बेपत्ता भएका हुन् । भोर्लेनीका धारापानी स्याङ्तानको घर घरमाथीको खोल्साले गर्दा पहिरो गएको र घर बगाएर खोलामा मिसाउँदा पाँच जना बेपत्ता भएको कार्कीले जानकराी दिनुभयो । अहिले घटना स्थमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस