२१९
Shares२३ साउन, २०८०। काठमाण्डौ उपत्यकाकामा रहेका सबैजसो नदी तथा खोलामाहरुमा बाढी आएको छ ।
सुन्दरीजल, बूढानीलकण्ठ, नगरकोट र आसपासमा ठूलो पानी परेको छ । विष्णुमती, धोबिखोला, मनोहरालगायतका नदीमा जलसतह बढ्दो क्रममा छ ।
उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । काठमाण्डौ उपत्यकासहित धादिङ,चितवन नुवाकोट लगाएत देशका धेरै ठाउँमा पानी परेको छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।