FLASH NEWS

भोलि देशैभर पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • २१२

    Shares

भोलि देशैभर पानी पर्ने सम्भावना

२२साउन२०८०।   मनसुनी वायुको प्रभावले आज राती देशैभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार राति मधेश, बागमती र गण्डकी प्रदेशका एकदुइ स्थानमा धेरै भारी वर्षा अर्थात् १०० मिलिमिटर भन्दा माथि २ सय मिलिमिटर भन्दा कम वर्षा हुनसक्ने सम्भावना देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नसक्ने विभागले औंल्याएको छ । भोली दिउँसोपनि देशभर भारी वर्षा तथा मधेश र बागमतीका एकदुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । पानी पर्ने क्रम पर्सि बुधबार केही कम हुने महाशाखाद्धारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस