FLASH NEWS

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ८१ जनामा डेँगु संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण २२, सोमबार (१ साल अघि)
  • १७९

    Shares

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ८१ जनामा डेँगु संक्रमण पुष्टि

२२ साउन २०८०।      धादिङमा आज थप ८१ जनामा डेँगु संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ५५ जना, त्रिपुरासुन्दरी गाउपालिकामा ३ जना रुवीभ्याली गाउपालिकामा १ जाना ,बेनीघाट रोराङ गाँउपालिका १२ , सिद्दलेक गाउपालिकामा २ ,ज्वालामुखी गाउपालिकाम ५ जना ,नेत्रावती डबजोङ गाँउपालिका १ ,खानियावास गाउपालिकामा १ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

जसमध्ये ३४ जना पुरुष र ४७ जना महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये ४ सय ९४ जना पुरुष र ४ सय७२ जना महिला रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । डेंगु संक्रमण जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य कार्यलय धादिङ र ,स्थानीय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन् ।
त्यस्तै पछिल्लो समय डेंगुको संक्रमण बढ्दै जान थालेपछि स्थानीय तहरुले लामखुट्टेको वासस्थानको खोजी गरेर नष्ट गर्ने कार्यक्रम समेत गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस