४६
Shares१९ साउन २०८०। नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांङ्कअनुसार हालसम्म देशभर ७ हजार २सय ५३ जना डेंगु संक्रमित भेटिएको जनाएको छ ।
यो वर्ष ७ जनाले डेंगु संक्रमणबाटै ज्यान गुमाइसकेका छन भने एक जना गम्भिर रहेका छन। तथ्याङ्कमा सबैभन्दा धेरै कोशी प्रदेशमा ५हजार १सय १ जना संक्रमित रहेको महाशाखाले जनाएको छ।
यस्तै बागमती प्रदेशमा १हजार १सय ७१ , गण्डकी प्रदेशमा ३सय ८९ ,सुदूरपश्चिम प्रदेशमा ३सय ४२ , लुम्बिनी प्रदेशमा १सय ९१ , मधेश प्रदेशमा ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित रहेका छन्।
जिल्लागतरुपमा हेर्दा असारयता कोशी प्रदेशको सुनसरीमा सबैभन्दा धेरै विरामीको संख्या ४ हजार ६सय ७९ जना, ईडीसीडीको विवरणअनुसार सुनसरीपछि हाल धादिङमा ८सय २७ जना, कास्कीमा २सय १४ जना, दार्चुलामा १सय ९१ जना संक्रमित रहेका छन।
काठमाडौंमा पनि हाल १सय १९ जना संक्रमित रहेका छन। यो वर्ष ७१ जिल्लामा डेंगु फैलिसकेकाे महाशाखाले जनाएको छ।