FLASH NEWS

राष्ट्रिय सभाको बैठक साउन २२ गते सम्मको लागि स्थगित

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • १७३

    Shares

राष्ट्रिय सभाको बैठक साउन २२ गते सम्मको लागि स्थगित

|sf7df8f}F, @! c;f/ . /fli6«o ;efsf] laxLaf/sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;

१८ साउन २०८०।      आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ।

बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिनु भएको थियो।
सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याउनु भएको हो ।

एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ।

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएको भन्दै प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। स्थगित भएको प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस