११३
Shares१६ साउन २०८०। आजदेखि विश्व स्तनपान सप्ताह शुरु भएको छ । अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ ।
नेपाल लगायत विश्वका १ सय ७० भन्दा बढी देशले आजदेखि एक हप्ता सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरि यो दिवस मनाउदै छन् । सुत्केरी हुने बित्तिकै अउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ । ६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु को भनाइछ ।
चिकित्सकहरुका अनुसार शिशुलाई २ वर्ष सम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहन्छन् । नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । यस्तै ७० प्रतिशत महिलाले ६ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् ।
शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढीरहेको चिकित्सकहरुको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण आमाहरुले बच्चालाई दूध खुवाउन नखोज्ने गरेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।