FLASH NEWS

चार दिनमा एक हजार बढी मानिसमा डेंगु संक्रमण,धादिङ दोस्रो स्थानमा

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • १५१

    Shares

चार दिनमा एक हजार बढी मानिसमा डेंगु संक्रमण,धादिङ दोस्रो स्थानमा

१५ साउन,२०८०।   पछिल्लो चार दिनमा नेपालमा एक हजार भन्दा बढीमा डेंगु संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष हालसम्म ५ हजार ६ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
महाशाखाले चार दिन अघि सार्वजनिक गरेको विवरणमा ४ हजार ६ सय १९ जनामा संक्रमण भएको थियो । यस अवधिमा एक हजार ६९ जनामा डेंगु संक्रमण भएको हो ।
हालसम्म डेंगु संक्रमण सबैभन्दा बढी हुनेमा सुनसरी जिल्ला रहेको छ भने दोस्रोमा धादिङ छ । सार्वजनिक विवरण अनुसार सुनसरीमा ३ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि हुँदा राजधानीसँग जोडिएको जिल्ला धादिङमा ६ सय ५५ जनामा डेंगु संक्रमण भइसकेको छ। त्यसैतै कास्कीमा २०८, दार्चुलामा १९१, काठमाडौंमा ९६ जनामा यस वर्ष डेंगु संक्रमण भएको छ ।
यस वर्ष ४ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको महाशाखाले बताएको छ । तर धरान उपमहानगरपालिकाले भने ८ जना डेंगु संक्रमितको मृत्यु भइसकेको दाबी गरेको छ । धरानले दाबी गरेका चार मृतकहरुमा अन्य दिर्घरोगको संक्रमणसमेत भएकाले विवरणमा समावेश नगरेको महाशाखाले स्पष्ट पारेको छ।
गत वर्ष डेंगु संक्रमणका कारण ८८ जनाको ज्यान गएको थियो भने पछिल्लो २१ वर्षमै बढी ५४ हजार ७८४ जना मानिसमा संक्रमण फैलिएको थियो।
यसवर्ष पनि सरकारले डेंगी नियन्त्रणका लागि विभिन्न सुझावहरु दिएको छ । उसले लामखुट्टेले फुलपार्न सक्ने ठाउँ नष्ट गर्न, गमला, टायर वा कुनैपनि खुला भाँडामा पानी जम्न नदिन सुझाव दिएको छ। यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु अपनाउन र डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह लिएर उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस