२९३
Sharesधादिङ,१४ साउन आफ्नै भतिजि बलात्कार गरेको आरोपमा धादिङमा काका पक्राउ परेका छन्।
१७ वर्षीया भतिजिलाई बलात्कार गरेको आरोपमा शनिबार ३६ वर्षीय काका पक्राउ परेका हुन् ।
बाबुले आमाको हत्या गरेपछि बाबु जेलमा रहेको र काकाको संरक्षणमा ४ वर्षदेखि सँगै बस्दै आएकी बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते घरमै बलात्कार गरेको पीडितले जानकारी दिएकी छिन्।
मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएपछि पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनु भयो ।
शनिबार आरोपितलाई पक्राउ गरी आईतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको प्रहरी उपरिक्षक (एसपी) मिश्रले बताउनु भयो ।