८७
Shares१३ साउन ,२०८०। बागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती,कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।
शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती,कोशी, मधेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।